MMP Logo

MMP

Navigation Menu

पोलिटेक्निक र उद्योगीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न
event

पोलिटेक्निक र उद्योगीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न

2076, Asar 23
Admin
मिति २०७६ साल असार २३ गतेका दिन मनमोहन स्मृति पोलिटेक्निकले मोरंग-सुनसरी औद्योगिक करिडरका उद्योगीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगरको रत्न होटलमा सञ्चालन गरिएको कार्यक्रममा ४० अोटा भन्दा बढी उद्योगबाट उद्योगी तथा तिनका प्रतिनिधिहरू उपस्थित रहेका थिए । प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जिवन घिमिरेज्यूको प्रमुख अातिथ्यता रहेको कार्यक्रममा अतिथिका रूपमा प्रदेश १ प्रदेश सभा सदस्य मा. सावित्रा घिमिरे ज्यू, उद्योग बाणिज्य संघ मोरंगका का.वा. अध्यक्ष श्री सुयस प्याकुरेल ज्यू, रसायन शास्त्रका बैज्ञानिक डा. तुलसी निरौला ज्यू रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित सबै सहभागिहरूले अाफ्ना जिज्ञासा तथा सुझाव राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष तथअ पोलिटेक्निकका प्राचार्य डा. सुवासश्री पोख्रेलज्यूले जिज्ञासाहरूको उत्तर दिनु भएको थियो ।



पोलिटेक्निकका रोजगार बिभाग प्रमुख श्री प्रकृति भट्टराईको संयोजन तथा कम्प्युटर अधिकृत ई. युवराज चौधरीको उद्घोषण रहेको कार्यक्रममा पोलिटेक्निकबाट प्रशासन प्रमुख श्री मदन कुमार श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत श्री सुजन भुर्तेल, तालिम प्रमुख ई. सुदिप अधिकारी, मेकानिकल बिभाग प्रमुख ई. दिपेन्द्र कुमार यादव, ईलेक्ट्रोनिक्स बिभाग प्रमुख ई. सर्वेश चौधरी, ईलृक्ट्रिकल बिभाग प्रमुख ई. राम कुमार यादव, सिभिल बिभाग प्रमुख ई. संदिप दाहाल, ल्याव एसिस्टेन्ट श्री कञ्चन झा, कार्यालय सहायकहरू श्री गिता लम्साल, श्री गणेश कार्की र श्री उषा पोख्रेलको सहभागिता रहेको थियो ।
MMP logo

Install MMP App

Faster access • Offline support • Updates & notifications